अमेरिका । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको आगोले योसेमाइट राष्ट्रिय निकुन्जलाई जोखिममा पारेको छ । गत हप्ताबाट शूरु भएको आगो ४ सय २४ स्क्वायर किलोमिटर सम्म फैलिसकेको छ ।
योसेमाइट राष्ट्रिय निकुन्जको १७ स्क्वायर माइल्ससम्म आगो फैलिएपछि पर्यटकहरु सुरक्षित स्थान तर्फ लागेका छन ।
कठिन भुभागका कारण २ हजार अग्नि नियन्त्रकले आगो नियन्त्रणको प्रयास जारी राखे पनि हाल सम्म सफल हुन नसकेको अधिकारीले जनाएका छन् । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले राज्यमा आपतकालिन स्थितिको घोषणा गरेका छन् ।
Agencies