सरकार र नीति परिवर्तन नहुने प्रचण्डको प्रस्तावमा नेकपा-माओवादीका वैद्यद्धारा अस्विकार

काठमाडौं  । गोलमेच सम्मेलन गर्ने सहमति भएपछि यसको खाका तयार गर्न एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीका नेताहरुबीच छलफल भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा आज बिहानै भएको छलफलमा सरकार र नीति परिवर्तन नहुने प्रचण्डको प्रस्तावमा नेकपा-माओवादीका अध्यक्ष वैद्यले अस्विकार गरेका छन् ।


गोलमेच सम्मेलनवाटै सवै विषयको सहमति खोज्नुपर्ने वैद्यको अडान रहेको थियो । छलफलमा गोलमेच सम्मेलनमा कसलाई सहभागी गराउने तथा मंसिर ४ गतेको निर्वाचनको विषयमा पनि छलफल भएको थियो । प्रचण्डले सहमतिमा आई निर्वाचनमा भाग लिन नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यलाई आग्रह गरेका थिए ।


जवाफमा वैद्यले निर्वाचनमा भाग लिने वातावरण बनाउन जोड दिएका थिए । लामो विवाद र छलफलपछि उच्चस्तरीय राजनीतिक समिति र ३३ दलीय मोर्चावीच सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने सहमति भएको हो ।

 

RSS, IMAGECHANNEL