सिन्धुलीमाडी र आसपासका क्षेत्रमा फैलिएको भाईरल ज्वरोका कारण सयौं विमारी

चितवन । विगत पांच दिनदेखि सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी र आसपासका क्षेत्रमा फैलिएको भाईरल ज्वरोका कारण सयौं विमारी भएका छन् ।

 

 रोगको संक्रमण भएका विमारीहरुमा घांटी दुख्ने,रुघा लाग्ने र चिसो लाग्ने जस्तो लक्षण देखा परेको छ ।

 

रोगको संक्रमणका कारण सिन्धुली जिल्ला अस्पताल सिन्धुलीमाडी र स्थानीय मेडिकलहरुमा उपचार र औषधी गर्न आउनेहको संख्यामा बृद्वि भएको अस्पतालले जनाएको छ । खास गरी जनैपुर्णिमा पर्वपछि एकाएक फैलिएको सो रोगले यतिखेर सदरमुकामका स्थानीय बासिन्दाहरु पीडित बनेका छन् ।

 

RSS