न्यूर्योक । अमेरिकाले गृहयुद्धको चपेटामा परेको सिरियामा सैन्य हस्तक्षेप गर्न सक्ने सम्भावना बढेको संकेत गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिरिया नजिक अमेरिकी सेना पुगिरहेको जनाएपछि यस्तो संकेत मिलेको हो ।
अमेरिकी रक्षामन्त्री चेक हेगलले राष्ट्रपति बाराक ओबामाले सिरियामा हस्तक्षेप गर्न दबाब बढिरहेको बताएको उल्लेख गरेका हुन् ।उनले सबै किसिमका आकस्मिक स्थितिहरुबारे राष्ट्रपतिलाई विकल्पहरु सुझाउनु पेन्टागनको जिम्मेवारी भएको बताए । विभिन्न विकल्प मध्ये सैन्य विकल्प पनि चुन्न सक्ने हेगलको भनाई थियो ।
यता, अमेरिकी नौसेना पूर्वी भू