तोकिएको मितिमा निर्वाचन नभए देश दुर्घटनामा फस्ने कांग्रेस सुशील कोइरालाको भनाई

चितवन  । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ३३ दलीय मोर्चाले राखेको ५ बुँदे लिखित माग कुनै पनि हालतमा पूरा गर्न नसकिने बताएका छन् । 
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोईरालाले ३३ दलका अनावश्यक मागका कारण आजको वार्ता भंग भएको बताए । 
कोइरालाले ३३ दलीय मोर्चालाई आन्तरिक गृहकार्यका लागि तीन दिनको समय दिएको र त्यसपछि सबै दलको बैठक गरेर निकास निकालिने बताए । 
तोकिएको मितिमा निर्वाचन नभए देश दुर्घटनामा फस्ने उनको भनाई थियो ।
RSS