वैदेशिक चलखेलका कारण वार्ता सफल नभएको ३३ दलको ठहर, पुर्नविचार गर्न आग्रह

काठमाडौं। नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिले गरेको निर्णयमा पुर्नविचार गर्न आग्रह गरेको छ । 
३३ दलीय मोर्चाका तर्फबाट पत्रकार सम्मेलन गर्दे नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले वार्ता र आन्दोलनसँगै लैजाने बताए ।
३३ दलको बैठक बसेर आन्दोलनका सशक्त कार्यक्रम ल्याउने समेत वैद्यले चेतावनी दिए । वैदेशिक चलखेलका कारण वार्ता सफल नभएको ३३ दलको ठहर छ । 
 
बानेश्वरमा भएको उच्चस्तरीय राजनीतिक समिति र नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाबीचको आजको बैठकमा दुवैले एक अर्कालाई वार्ता भंग गरेको अरोप लगाएका थिए ।
RSS