सरकारले उदासीनता देखाएको भन्दै मेची अञ्चलका चिया मजदुरहरु फेरि आन्दोलनमा

झापा । सरकारले आफूहरुको समस्या समाधानमा उदासीनता देखाएको भन्दै मेची अञ्चलका चिया मजदुरले आजदेखि फेरि आन्दोलन थालेका छन् । 
सरकारले ज्याला निर्धारण नगरेको भन्दै काम छोडेर मजदूरहरु सडकमा उत्रिएका हुन् । 
आन्दोलनको पहिलो चरण अन्र्तगत आज अखिल नेपाल चिया मजदुर संघ, नेपाल स्वतन्त्र चिया मजदुर युनियन र नेपाल चिया बगान श्रमिक संघको अगुवाईमा मजदूरहरुले पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोडमा दुई घण्टा सडक अवरुद्ध पारे । 
आन्दोलनको पूर्वसन्ध्यामा सरकारले कार्यदल गठन गरेपछि भएको त्रिपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेपछि सरकारले ज्याला निर्धारण गर्ने सहमति भएको थियो । 
तर, सरकारले सहमति अनुसार काम नगरेको भन्दै मजदुरहरुले फेरि आन्दोलन थालेका हुन् ।
RSS