पशु सेवा विभागले बर्ड फ्लूका कारण यस वर्ष मात्र १२ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौं  ।  पशु सेवा विभागले भने बर्ड फ्लूका कारण यस वर्ष मात्र १२ लाखभन्दा बढी कुखुरा नष्ट गरेको बताएको छ ।

 काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लाका कुखुरा पालक कृषकका १२ लाख ३८ हजार कुखुरा नष्ट गरिएको हो । विभागका अनुसार सबैभन्दा बढी भक्तपुरमा आठ लाख ७१ हजार कुखुरा मारिएका छन् । 
विभागले १३ लाख ५० हजारभन्दा बढी अण्डा नष्ट गरेको पनि जनाएको छ । साउन महिनामा मात्रै क्षतिपूर्तिवापत पाँच करोड ८५ लाख प्रदान गरिएको विभागका प्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
RSS