काठमाडौं । भारतीय जनता पार्टीका नेता रबिशंकर प्रसादले नेपालमा तोकिएकै समयमा निर्वाचन भएर नयाँ संविधान बनोस् भन्ने भारतको चाहना रहेको बताएका छन् ।
रिपोर्टर्स क्लबले आज राजधानीमा गरेको कार्यक्रममा उनले नेपालमा कस्तो सरकार बनाउने, संविधान कस्तो बनाउने, नागरिक अधिकार के कस्तो हुने भन्ने विषय नेपाली जनताले निर्णय गर्ने बताए । भारतले नेपालको एकता, अखण्डता र सम्प्रभुताको सम्मान गर्ने उनले बताए ।
तीन दिनअघि नेपाल आउनु भएका प्रसादले राष्ट्रपति, प्रधानमन्त्री, एकीकृत माओवादीका अध्यक्ष, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली लगायतसँग भेटवार्ता गरेका थिए ।
RSS