काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा-माओवादी निर्वाचनमा नआए पनि मंसिर ४ को निर्वाचन नरोकिने प्रष्ट पारेका छन् ।
निर्वाचन रोक्ने शर्तमा कसैसँग वार्ता समेत हुन नसक्ने भन्दै सिंहले निर्वाचन आम जनताको चाहना भएकाले निर्वाचन विरोधी आफैं परास्त हुने दाबी गरे ।
मंगलादेवी सिंहको १७ औं स्मृति दिवसको अवसरमा शोभा भगवतीस्थित शालिकमा माल्यार्पणपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री सिंहले नेकपा-माओवादीलाई निर्वाचनमा ल्याउन कांग्रेसले अथक प्रयास गरेको र कांग्रेसको अगुवाईमै माओवादीसँग वार्ता सम्भव भएको जिकिर गरे ।
माओवादीलाई निर्वाचनबाट नभाग्न आग्रह गर्दै उनले कतिपय विषयमा निर्वाचनपछि पनि छलफल गर्न सकिने धारणा राखे ।
RSS