उर्जा सम्मेलन २०१३ को काठमाडौंमा उद्घाटन

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक संक्रमणका कारण मुलुकको आर्थिक विकास पछि परेको बताएका छन् । उर्जा सम्मेलन २०१३ को राजधानी काठमाडौंमा आज उद्घाटन गर्दे राष्ट्रपति यादवले आर्थिक क्षेत्रलाई अगाडि बढाउन मुलुकमा राजनीतिक स्थायित्व आवश्यक रहेकोमा जोड दिए । 
नेपालमा उर्जाको प्रशस्त सम्भवना रहे पनि उत्पादन गर्न नसकिएको भन्दै राष्ट्रपति यादवले बढी मात्रामा उर्जा उत्पादन गरी मुलुकलाई उर्जासंकटबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले बजेटमा उर्जालाई पहिलो प्राथमिकतामा राखेको भन्दै नेपालको जलविद्युत क्षेत्रलाई अन्तराष्ट्रिय बजारमा पहिचान गर्न आवश्यक रहेको बताए ।
 
कार्यक्रममा बोल्ने वक्ताहरुले भने उर्जा क्षेत्रमा समन्वय र सहजीकरणको आवश्यकता रहेको भन्दै उर्जा संकट सामाधान गर्न सम्मेलन केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । 
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब ५ सय उर्जा व्यवसायीहरुको सहभागिता रहेको छ । सम्मेलनले उर्जा क्षेत्रको विकासको लागि भावी रणनीति र कार्यदिशाको आधार पत्र तयार गर्ने बताएको छ ।
RSS