एकीकृत माओवादीका पुष्पकमल दाहालविरुद्ध हदै सम्मको सजाय माग गर्दै सर्वोच्चमा अपहेलनाको मुद्दा दायर

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन । 
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रचण्डले आफ्नो पार्टीका लोकप्रिय नेताहरुलाई चुनाव लड्न नदिने षड्यन्त्र भएको भन्दै द्वन्द्वकालको मुद्दा व्यूँताए विद्रोह गर्ने चेतावनी दिएका थिए । दाहालले अदालतको जात के हो भन्दै सोधेको दावी गर्दै रिटमा यसबाट अदालतको अवहेलना भएको उल्लेख छ । विभिन्न सञ्चार माध्यममा आएको समचारलाई आधार बनाइ दायर रिटमा भनिएको छ- निज विपक्षीले उनका कुनै पनि कार्यकर्तालाई मुद्दा चलाईए बिद्रोह गर्ने धम्की समेत दिएका छन । 
विपक्षीको उक्त भनाईले अदालतको मर्यादा एवं निष्पक्षता माथी गम्भीर आधात पुग्न गएकोले सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम यो निवेदन लिई उपस्थित भएको छु । अदालतको जात सोधेर अदालतको निष्पक्षता, यसको संवैधानिक भूमिका एवं विश्वसनियतामाथि गम्भीर आघात पुर्‍याएको भन्दै रीट निवेदनमा भनिएको छ- निज पुष्पकमल दाहाललाई अदालतमा तत्काल सशरीर उपस्थीत गराई बयान लिई संक्षीप्त प्रकृयारा सर्वोच्च अदालत ऐन, २०४८ को ७ बमोजिम हदै सम्मको सजाय गरी पाऊँ ।
रिटमा दाहाललाई अदालतमा सशरीर उपस्थित गराइ बयान लिइ सक्षींप्त प्रक्रियाद्वारा सर्वोच्च अदालतको ऐन बमोजिम सजाय गर्न माग गरिएको छ ।
RSS, Arghakhanchi.Com