एकीकृत माओवादीले चुनावी रणनीति तय गर्न बैठक

काठमाडौं  । एकीकृत माओवादीले चुनावी रणनीति तय गर्न आज केन्द्रीय समिति बैठक डाकेको छ । 
राजधानीमा मध्यान्हदेखि बस्ने बैठकमा देशभरिबाट आएका चुनावी स्थिति सम्बन्धी प्रतिबेदनमाथि छलफल गरी मंसिर ४ को संविधानसभा चुनावमा पार्टीले लिने रणनीति तय गरिने बताईएको छ । 
एमाओवादीका नेताहरुले अब आफ्नो ध्यान तराईमा केन्द्रित भएको भन्दै आफुहरु तराइृबाट उम्मेदवार बन्ने बताउंदै आएका छन् । पहाड र हिमालमा आफ्नो बर्चश्व कायम राखी तराईमा बढी सिटमा जितेर बहुमत ल्याउने दावी माओवादी नेताहरुले गरेका छन् ।
 चुनावमा नेकपा माओवादी चुनावमा सामेल हुंदा र बहिष्कार गर्दा पर्ने प्रभावको आंकलन पनि गरिने बुझिएको छ ।
RSS