अर्घाखाँचीमा उपभोक्ताको अधिकारमा ध्यान दिन विशेष जोड

प्रेम नारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची । उपभोक्ताको अधिकारमा ध्यान पु-याउन स्थानिय प्रशासनले विशेष पहल थाल्नुपर्ने  एक कार्यक्रमका बक्ताहरुले बताएका छन । उनीहरुले बजारमा गुणस्तर हिन सामाग्रीको खुल्याम वित्री वितरण भइरहेकाले उपभोक्ताको स्वाथ्यमा प्रत्यक्ष असर परिरहेको बताएका हुन । सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको उपभोक्ताको  अधिकार विषयक एक  अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन । 
कार्यक्रममा जिल्ला स्तरीय अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले बजार अनुगमनलाई तिव्र पारिने बताए । उनले बजारमा धेरै खाले बिकृतिहरु रहेकाले सबैलाई क्रमैसँगै हल गर्दै जाने बताए ।  प्रहरी नायव उपरिक्षक हीराबहादुर पाण्डेले उद्योग वाणिज्य संघले प्रभावकारी ढङ्गले काम नगरेको बताए । कार्यक्रममा एकिकृत नेकपा माओवादीका नेता ठाकुर कुमार वि.क, नेपाली कांग्रेसका सचिव लोकेन्द्र वि.क, नेकपा एमालेका सचिव रामबहादुर चौहान, नेकपा

अन्य समाचारहरु