एकीकृत माओवादीको वैठकमा आगामी निर्वाचनमा नेपाली कांग्रेससँग मूख्य प्रतिस्पर्धा हुने रिपोर्ट

काठमाडौं  । एकीकृत माओवादीको  सुरु भएको केन्द्रीय समिति वैठकमा निर्वाचन क्षेत्रमा खटिएका नेताहरुले प्रतिवेदन प्रस्तुत गरेका छन् । निर्वाचन क्षेत्रमा एक महिना खटिएका नेताहरुले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग मूख्य प्रतिस्पर्धा हुने रिपोर्ट पार्टी नेतृत्वलाई दिएका छन् ।


तराईका जिल्लाहरुमा मधेशी जनअधिकार फोरम र अन्य ठाउमा एमालेसँग पनि प्रतिस्पर्धा हुने भएपनि मूख्य प्रतिस्पर्धा भने कांग्रेससँग नै हुने रिपोर्ट दिएको प्रवक्ता अग्नी सापकोटाले सञ्चारकर्मीलाई जानकारी जानकारी दिए ।


कार्यकर्तामा पार्टी विभाजनको मनोवैज्ञानिक असर परेको भएपनि संगठनात्मक असर भने नपरेको रिपोर्ट आएको दाबी गरिएको छ । पार्टीको आन्तरिक व्यवस्थापन कमजोर रहेकाले त्यसलाई पार्टीले सुधार्नुपर्ने सुझाव समेत आएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
 
निर्वाचन क्षेत्रको रिपोर्ट अनुसार रणनीति बनाउने उद्देश्यले एमाओवादीले केन्द्रीय समिति वैठक डाकेको हो ।

 

RSS. IMAGECHANNEL