तीज लगायतका चाडपर्व नजिकिँदै गर्दा अख्तियारद्धारा सामाजिक कार्य तथा चाडपर्वमा तडकभडक र फजुल खर्च नगर्न सबैलाई आग्रह

काठमाडौ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक कार्य तथा चाडपर्वमा तडकभडक र फजुल खर्च नगर्न सबै जात, जाति र धर्मावलम्बीलाई आग्रह गरेको छ । तीज लगायतका चाडपर्व नजिकिँदै गर्दा अख्तियारले मंगलबार विज्ञप्ति जारी गरी तडकभडक र फजुल खर्च नगर्न सचेत गराएको हो ।


अख्तियारले सामाजिक र सांस्कृतिक चाडपर्व, समारोह गर्दा तडकभडक तथा फजुल खर्च गर्ने प्रवृत्तिले समाजमा प्रतिस्पर्धा बढ्न गई भ्रष्टाचारले प्रश्रय पाउनेतर्फ सचेत गराउँदै सामाजिक कार्य र चाडपर्वमा मितव्ययिता अपनाउन अपिल गरेको हो ।


अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ ले गरेको प्रावधान समयसापेक्ष भए/नभएको समीक्षा गरी त्यसमा यथोचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइसकिएको समेत उल्लेख छ ।

 

 

RSS, EKANTIPUR