जलवायु सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सुरु

पोखरा । जलवायु सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ ।
वन विज्ञान अध्ययन संस्थान, नेपाल सरकार र युनिर्भसिटी अफ कोपन हेगनको संयुक्त आयोजनामा भएको सम्मेलनमा जलवायु परिवर्तन, वनबाट जिविको पार्जन र जैविक विविधताको संरक्षण लगायका विषयमा छलफल हुनेछ । 
सम्मेलनमा ७१ वटा कार्यपत्रहरु प्रस्तुत गरिनेछ । सम्मेलनमा विभिन्न देशका विज्ञहरुले अनुभव आदान-प्रदान गर्नेछन् । 
सम्मेलनमा भारत, जापान, अमेरीका, डेनमार्क, पाकिस्तान, श्रीलंका, क्यानाडा, बङलादेश, नर्वे, लगायत १३ देशका १ सय २० जना सहभागी रहेका जनाइएको छ ।
RSS