काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर चार गते नै संविधानसभाको चुनाव हुने दाबी दोहो-याएका छन् ।
आज राजधानीमा भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा दाहालले अहिले सबै पक्षले सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
चुनावपछि छिट्टै संविधान बन्ने र मुलुक स्थिरतातिर अघि वढ्ने उनको भनाई थियो ।
एकीकृत माओवादीप्रति जनताको ठूलो विश्वास रहेको भन्दै उनले पार्टीको पक्षमा मधेशमा विशेष माहौल देखिएको पनि बताए ।
RSS