बझाङ । बझाङको उतरी क्षेत्रको काडा गाउँ विकास समितिमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोका कारण ५ जनाको मृत्यु भएको छ । भाईरल ज्वरोबाट ८ वर्षीय भुपीद्र बोहरा, कृपसिंह धामीकी ८ महिनाकी छोरी ललीता धामी, ४३ वर्षीय चन्द्रमल बोहोरा, ३३ वर्षीय मन्धरा बोहोरा र ३२ वर्षीय दीर्घ बोहोराको मृत्यु भएको हो ।
गाउँमा प्रकोपकै रुपमा ज्वरो फैलिएपछि स्थानीयवासीले प्रमुख जिल्ला अधिकारीलाई डाक्टर पठाईदिन आग्रह गरेपनि अहिलेसम्म गाउँमा डाक्टर गएका छैनन् ।