सन्धिखर्क, अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखॉचीमा एक सुत्केरी महिलाको मृत्यु भएपछि बुधवार दिनभर तनाव ग्रस्त बनेको छ।
अर्घाखॉची गोखुङ्गा वाड नम्वर ६ की सविता पन्थीको उपचारको क्रममा मुत्यु भएपछि आफन्तले गरेको प्रर्दशनका कारण दिनभर तनाव ग्रस्त भएको थियो।
डाक्टरको लापरबाहीको कारण सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले नाराबाजी गर्दै प्रदर्शन गरेपछि प्रहरी र उनीहरुबीच झडप भएको थियो ।
बुधवार विहान अस्पतालमा आएकी महिलाको बच्चा जन्मिएको ६ अत्याधिक रक्तश्रावका कारण बिरामीको ज्यान गएको थियो ।
महिलाको पाठेघर काटेर फाल्नु पर्ने भएपनि अस्पतालमा त्यसका लागि आवश्यक उपकरण नभएका कारण महिलालाई बचाउन नसकिएको जिल्ला अस्पतालले बताएको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।