हेटौंडा । शिक्षक आन्दोलनका कारण पांच दिनदेखि मकवानपुरका निजी बिद्यालयहरुमा पठनपाठन ठप्प भएको छ ।
जिल्लामा रहेका ७३ निजि बिद्यालय बन्द हुंदा करिब २१ हजार बिद्यार्थी प्रत्यक्ष मारमा परेका छन् । तलब बृद्घि, नियुक्ति पत्र, सञ्चय कोष, बिमा लगायत १० सुत्रिय माग राख्दै निजि बिद्यालयका शिक्षकहरु एक महिनाअघिदेखि आन्दोलित छन् ।
नेपाल संस्थागत बिद्यालय शिक्षक युनियन नेपाल-ईस्टु र संस्थागत बिद्यालय शिक्षक युनियन इस्टु को अगुवाइमा शिक्षकहरु आन्दोलित भएका हुन् । बन्द खुलाउनका लागि पटकपटक वार्ता भएपनि निष्कर्ष निस्कन नसकेपछि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
कार्यदल गठन गर्ने र त्यसको सिफारिसका आधारमा माग पूरा गर्ने विद्यालय सञ्चालकले बताएपनि शिक्षकहरुले सरकारी बृद्धि अनुसार तत्काल १८ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् ।
यसैबिच, माग पूरा गराउन दुई दिनदेखि नेपाल-ईस्टुकी केन्द्रिय सदस्य करुणा थापा र शिक्षक दिपक गिरी आमरण अनशनमा बसेका छन् । मकवानपुरका ७३ निजि बिद्यालयमा एक हजार पाँच सय जना शिक्षक कार्यरत छन् ।
RSS, IMAGECHANNEL