जिल्ला अस्पताल अर्घाखाँचीको घटनाबारे छानविन र ७५ हजार राहत दिने सहमति पछि २२ वर्षिया सुत्केरीको दाहसस्कार गरियो

अर्घाखाँची ब्युरो
 
सन्धिखर्क, अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा डाक्टरको लापरबाहीको कारण सुत्केरीको ज्यान गएको, प्रहरीले अमानविय व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका मृतकका आफन्तले २६ घण्टापछि शव बुझेका छन। 
बालकको हेरचाहका लागि जिल्ला बाल कल्याण समिति मार्फत ७५ हजार राहत दिने सहायक जिल्ला प्रमुख अधिकारी भेषराज खनालको अध्यक्षतामा मृतकका आफन्त र जिल्ला स्थित राजनीतिक दलबिच बसेको बैठकले निर्णय गरेको छ । 
साथै घटनाबारे छानविन गर्न स्वास्थ्य मन्त्रालय छानविन टोलीको माग गर्ने निर्णय सर्वलीय बैठकले गरेका छ।   
पीडित सविताका श्रीमान सहित पीडित पक्ष सहमत भएका छन  । मृतकको आजै दाहसस्कार भयो ।
सहमती पछि दिउसो १ बजे देखी वातावरण सहज बनेको थियो। 
सामान्य अवस्थामा जिल्ला अस्पताल सन्धिखर्कमा भर्ना भएकी गोखुंगा ७ की २२ वर्षिया सबिता पन्थीको सुत्केरी भइसकेपछि ज्यान गएको थियो ।
हिजो वुधवार जिल्ला अस्पताल सन्धिखर्कमा डाक्टरको लापरबाहीको कारण सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले नाराबाजी गर्दै प्रदर्शन गरेपछि प्रहरी र उनीहरुबीच झडप भएको थियो ।
 
उता सुत्केरी युवतीको ज्यान गएपनि नवजात शिशुको अवस्था सामान्य छ ।  साथै जिल्ला अस्पतालबाट प्रदान गरिने र चाहिने सम्पुर्ण उपचार गरेपनि सुत्केरी भएपछि महिलाको पाठेघर नखुम्चिएका कारण रक्तश्राव भएर महिलाको ज्यान गएको अस्पतालले जानकारी दिएको थियो।
  
Birendra KC in Arghakhanchi contributed to this report.
 

Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु