काठमाडौं । एकीकृत नेकपा माओवादीको नेवाः राज्यसमितिका सदस्य यमबहादुर थापासहित माओवादीका पूर्व लडाकूहरु आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस मूख्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टी सभापति सुशील कोइरालाले नवप्रवेशीलाई पार्टी सदस्यता र खादा ओडाएर स्वागत गरे ।
कांग्रेस प्रवेश गर्नेहरुमा यमबहादुर थापा, वाईसीएल काठमाडौंका सदस्य पंकज मल्ल, जीतबहादुर केसी, अर्जुन भण्डारी, सुरेश गिरी लगायत ४ सय ४१ जना पूर्व लडाकू रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा काम गर्न निर्देशन दिंदै नवप्रवेशीहरुलाई पुराना कार्यकर्ता सहर व्यवहार गरिने बताए ।
त्यस्तै उपसभापति रामचन्द्र पौडेलले माओवादीले १५ वर्षसम्म मुलुकमा द्धन्द्ध मच्चाएर चलाएको भन्दै अब माओवादी नेतृत्वको पतन सुरु भएको बताए ।
कांग्रेस प्रवेश गरेका पूर्व लडाकू थापाले आफू लगायतका पूर्व लडाकूहरुलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता र बाबुराम भट्टराईले आजै घरमै बोलाएर पार्टी नछाड्न आग्रह गरेको बताए ।
तर, आफूले एमाओवादी जस्तो नालायक नेतृत्व रहेको पार्टीमा नबस्ने जवाफ दिएको पनि उनले दाबी गरे ।
RSS, IMAGECHANNEL