चुनाव बहिष्कारको मुख्य एजेन्डासहित नेकपा- माओवादी सम्बद्ध युवाद्धारा प्रदर्शन

काठमाडौं – चुनाव बहिष्कारको मुख्य एजेन्डासहित नेकपा- माओवादी सम्बद्ध युवाले राजधानी र बाहिरका सहरमा मार्चपाससहित प्रदर्शन गरेका छन् ।


दिउँसो २ बजे सुरु प्रदर्शनमा सहभागी युवाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै ४ मंसिरको चुनाव रोक्न माग गरे । माओवादी भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको नेवाः राज्य समितिले राजधानीको कार्यक्रमको संयोजन गरेको थियो ।


नयाूबानेश्वरमा रातो टिसर्ट लगाएका युवा भेला भई पुरानो बानेश्वर, डिल्लीबजार, पुतलीसडक, घन्टाघर, कान्तिपथ, ठहिटी, किलागल हुँदै वसन्तपुरमा सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपा-माओवादी महासचिव रामबहादुर थापाले पार्टीले राख्दै आएको एजेन्डालाई ४ राजनीतिक दल र सरकारले नसुने कुनै हालतमा चुनाव हुन नदिने बताएका थिए । दाङसहित मध्यपश्चिमको मार्चपासमा भने जनस्वयंसेवकका केन्द्रीय संयोजक उदयबहादुर चलाउनेसहित नेता खटिएका थिए ।

 

RSS