सहमति र सम्झौता कार्यान्वयनको माग गर्दै तराई मधेस मुक्ति पार्टी नेपालगन्जमा आमरण अनशन

नेपालगञ्ज । शसस्त्र भूमिगत गतिविधि त्यागेर सरकारसँग वार्तामा रहेको भगतसिंह समूहको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले वार्ताको क्रममा भएका सहमति र सम्झौता कार्यान्वयनको माग गर्दै नेपालगन्जमा आमरण अनशन थालेको छ । गत आइतवारबाट रिले अनशन सुरु गरेको सो पार्टीले माग पूरा नभएको र सरकारले वास्ता नगरेको जनाउदै मंगलवारबाट आमरण अनशन सुरु गरेको हो ।


नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मूल गेटमा सुरु गरिएको आमरण अनशनमा वार्ता समितिका संयोजक सुभाष सिंह भनिने मनोज मण्डल, पार्टी प्रवक्ता सिकन्दर वागी, प्रल्हाद महरा भन्ने तुफान सहभागी छन् ।


उनीहरुले आफूहरुले सरकारलाई हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आउन खोजेपनि सरकारले पटक