बेईजिङ । चीनमा गएको भूकम्पमा परी कम्तिमा ४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार घाइते हुनेको संख्या पनि उल्लेख्य छ ।
चिनियाँ भूकम्प प्रशासनले ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प मापन गरिएको जनाएको छ । भूकम्पले युनान र सिचुवान प्रान्तमा बढी प्रभाव पारेको जनाइएको छ ।
भूकम्पका कारण बेनजिलिनमा दुई जना र सडकमा सवारी साधन चलाइरहेको बेला एकजना चालकको मृत्यु भएको हो ।
चीनको सिचुवान प्रान्तमा सन् २००८ मा गएको विनाशकारी भूकम्पमा परी ९० हजार भन्दा बढीको मृत्यु भएको थियो ।
Agencies