नयाँदिल्लीमा सामुहिक बलात्कारको घटनामा संलग्न एक नाबालक दोषी ठहर

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा गत वर्ष भएको सामुहिक बलात्कारको घटनामा संलग्न एक नाबालक अभियुक्तलाई अदालतले दोषी ठहर गरेको छ । जुवेनाइल जस्टिस बोर्डले १७ वर्षीय नाबालकविरुद्धको बलात्कार र हत्या अभियोगमा आज यस्तो फैसला सुनाएको  छ । 
यस फैसलापछि बालिग हुने ६ महिना बाँकी रहेका बालकलाई तीन वर्ष सुधारगृहमा राखिनेछ । भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीको याचिकाका कारण जुवेनाइल जस्टिस बोर्डले आफ्नो फैसला सुनाउन ढिलाई गरेको थियो । 
तर, सर्वोच्च अदालतको निर्देशनपछि जुवेनाइल बोर्डले आफ्नो फैसला सुनाउँदै बालकलाई दोषी ठहर गरेको हो । घटनामा संलग्न अन्य चार जनामाथि भने यसअघि नै मृत्युदण्डको फैसला भइसकेको छ । 
अर्का एक दोषीले भने गत मार्च महिनामा कारागारमै झुण्डिएर आत्महत्या गरेका थिए । गत डिसेम्बर १६ तारिखमा बसमा आफ्नो पुरुष साथीसँग गइरहेको बेला २३ वर्षीय युवतीमाथि सामुहिक बलात्कार भएको थियो । 
पीडित युवतीको उपचारको क्रममा मृत्यु भएको थियो ।
Agencies