एकीकृत माओवादीको भ्रातृ संगठन वाइसीएलको पहिलो महाधिवेशनका क्रममा बन्द सत्र शुरु

काठमाडौं । एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन वाइसीएलको पहिलो महाधिवेशनका क्रममा आजबाट बन्द सत्र शुरु भएको छ ।

 यो महाधिवेशनले उत्पादन र निर्माणका लागि विशेष निर्णय लिने बताइएको छ । 
वाइसीएललाई चुनावमा कसरी प्रयोग गरिने भन्ने रणनीति पनि तयार गरिने छ । यो महाधिवेशनबाट वाइसीएल पनि बहुपदीय प्रणालीमा जाने बताइएको छ । अध्यक्षमा भने वर्तमान अध्यक्ष गणेशमान पुन नै निरन्तर रहने बताइएको छ । अधिवेशन १८ गते सकिनेछ ।
RSS, IMAGECHANNEL