आगामी संविधानसभाको निर्वाचनमा सेना परिचालन हुने, करिब ४० हजार म्यादी प्रहरी लिने तयारी

विश्वमणि पोखरेल, नागरिक

 

काठमाडौं – आगामी संविधानसभाको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख भूमिका हुने र सेना आवश्यकताअनुसार प्रयोग हुने गृह मन्त्रालय स्रोतले जनाएको छ। प्रहरी संख्या अपुग हुने कारणले करिब ४० हजार म्यादी प्रहरी लिने तयारी गृहको छ।

गृहसचिव नवीन घिमिरेले भने, ‘चुनावमा सुरक्षा निकायहरूलाई कसरी प्रयोग गर्ने भन्नेबारे एकीकृत निर्वाचन सुरक्षा योजनामा छलफल भइरहेको छ, टुंगो लागिसकेको छैन ।’

तर निर्वाचनको सुरक्षा कमान्ड गृह मन्त्रालयले सम्हाल्ने कुरा घिमिरेले बताए । ‘जे हुन्छ, त्यो गृहको कमान्डमा हुन्छ,’ सचिव घिमिरेले भने ।


सेनाको भूमिकाबारे बोल्दै उनले भने, ‘महत्वपूर्ण संरचनाको सुरक्षा, सुरक्षा घेराको बाहिरी वृत्त, गस्ती, पिकेटिङलगायतका काममा सरकारले सेनाको प्रयोग गर्ने सम्भावना छ ।’


पुरानो अनुभवअनुसार निर्वाचनमा तीन तहको सुरक्षा घेरा हुनेछ । पहिलोमा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा सेनाले सम्हाल्ने कार्ययोजना प्रहरीले बनाइसकेको छ । निर्वाचनअघि, मतदानको दिन र निर्वाचनपछि मतगणनासम्म सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिने गृह अधिकारी बताउँछन् । मतपत्र, मतपेटिका ओसारपसार, निर्वाचन स्थलको बाहिरी सुरक्षामा पनि सेना रहनेछन् । सेना स्थल, हवाइ र गाडी गस्ती गरेर जनस्तरमा निर्वाचनमा सुरक्षाको प्रत्याभूति दिने रणनीतिअन्तर्गत तोकिएको क्षेत्रमा परिचालित हुनेछ ।


गृहमन्त्री माधवप्रसाद घिमिरेले नागरिकसँगको हालैको अन्तर्वार्तामा पनि मतपेटिका, मतपत्र पु