संविधानसभा निर्वाचनका लागि कांग्रेस सभापति शुशिल कोइराला बाँके क्षेत्र नं. १ बाट उठ्ने

राजेन्द्र नाथ

 

नेपालगन्ज –  संविधानसभा निर्वाचनका लागि कांग्रेस सभापति शुशिल कोइरालाको उम्मदवारीको बाँके क्षेत्र नं. १ बाट  सिफारिस गरिएको छ । यसअघिको संविधानसभा निर्वाचनमा कोइरालाल क्षेत्र नं. ३ बाट उठेका थिए ।


आइतबार क्षत्रीय समितिको बैठकले कार्यकर्ताको सुझावमा कोइरालालाई क्षेत्र नं १ बाट सर्वसम्मतबाटै सिफारिस गरिएको हो ।


यसअघि क्षेत्र न‌ं. ३ बाट उठेका कोइरालाकोले उक्त निर्वाचन क्षेत्र बाट पराजित भएका थिए । उनलाई  प्रतिद्वन्द्व मधेसी जनअधिकार फोरमका सर्वदेव ओझाले पराजित गरेका थिए ।


कोइरालाका कार्यकर्ताले निर्वाचनमा विजयी बनाउन नयाँ निर्वाचन क्षेत्र छनौट गर्न आग्रह  गरेका हुन् ।  कोइरालाले २०४६ र ०५६मा भएको निर्वचनमा क्षेत्र नं. ३ बाट सांसद् भएका थिए ।