दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला महिनौको उपचार पछि अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
दक्षिण अफ्रिकाको राष्ट्रपति कार्यालयले आफ्नो वेभसाइटमा मण्डेला डिस्चार्ज भएको जानकारी दिंदै उहांलाई जोहानेसवर्गको हाउटनस्थित निवासमै सघन उपचार जारी राखिने उल्लेख गरेको छ ।
घरमा पनि उहांलाई अस्पतालमै उपचार गरेको चिकित्सकको टोलीले उपचार गर्नेछ ।राष्ट्रपति कार्यालयको विज्ञप्तिमा मण्डेलाको स्वास्थ्य अझै पनि गंभीर तर स्थिर रहेको उल्लेख गरेको छ ।
९५ वर्षिय मण्डेला फोक्सोमा संक्रमण भएपछि गत जुन महिनादेखी प्रिटोरिया अस्पातालमा उपचाररत हुनुहन्थ्यो । सन् १९९४ मा काला जातिका तर्फबाट दक्षिण अफ्रिकाको पहिलो राष्ट्रपति निर्वाचित हुनु भएका मण्डेला यसको पांच वर्ष पछि भने राजनीतिबाट पुरै टाढा रहनु भएको थियो ।
Agencies