काठमाडौं – छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद र उनकी पत्नी गंगामायाको जीवनरक्षा गराउन माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर भएको छ ।
अधिवक्ता रामराज शिवाकोटीद्वारा दायर रिटमा महिनांैदेखि अनशन बस्नाले स्वाथ्य स्थिति निकै कमजोर हुँदा पनि सरकारले ठोस पहल नगरेको भन्दै उनीहरूको जीवनरक्षाका लागि विपक्षीका नाममा अन्तरिम संविधानको धारा १०७ (२) बमोजिम उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
अधिकारी दम्पतीको विग्रँदै गएको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी उपचारमा संलग्न चिकित्सकमार्फत पौष्टिक तथा सन्तुलित आहार फोर्स फिडिङ गरी/गराई जीवन रक्षा गर्न स्वास्थ्य मन्त्रालयसमेतका नाममा अन्तरिम आदेश जारी गर्न निवेदकले आग्रह गरेका छन् ।
रिटमा राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, वीर अस्पताल तथा चितवनका जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाइएको छ ।
RSS