काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत रन्जित रे आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौं आईपुगेका छन ।
राजदूत जयन्तप्रसाद कार्यकाल सकाएर फर्किएपछि उनी नेपाल आएका नेपालस्थित भारतीय दूतावासले जनाएको छ । नेपाल मामिलाका जानकार रेलाई भारतीय विदेश मन्त्रालयले गत १२ असारमा नेपालका नयाँ राजदूतमा नियुक्त गरेको थियो ।
राजदूत रेले बुधबार राष्ट्रपति डा.रामवरण यादवसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम छ ।
राजदूत रेले जनआन्दोलन २०६२-६३ का बेला भारतको विदेश मन्त्रालयमा रहेर नेपाल-भुटान मामिला हेर्ने सहसचिवका रुपमा काम गरिसकेका भएको छ । रे सन् २००६ मा हंगेरीका लागि र सन् २०१० देखि भियतनामका लागि भारतीय राजदूत भएका थिए ।
RSS