काठमाडौं । एकीकृत नेकपा माओवादीले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
एमाओवादीको सम्पन्न केन्द्रीय समिति बैठकले पूर्वी क्षेत्रको इञ्चार्जमा वर्षमान पुन, मधेस व्युरोमा रामचन्द्र झा, मध्य क्षेत्रमा कृष्णबहादुर महरा, पश्चिम क्षेत्रमा टोपबहादुर रायमाझी र सुदूरपश्चिम व्युरोको ईञ्चार्जमा शक्तिबहादुर बस्नेतलाई तोकेको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय व्युरोको इञ्चार्जमा दिननाथ शर्मा, विशेष व्युरोमा जनार्दन शर्मा, युवा परिचालनमा नन्दकिशोर पुन र सञ्चार व्युरोको जिम्मेवारी अग्नि सापकोटालाई दिइएको छ ।
एमाओवादीले उसका राज्य समितिका इञ्चार्जहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ ।
त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सम्मिलित केन्द्रीय कार्यालय पनि बनाइएको छ ।
केन्द्रीय कार्यालय र उम्मेदवार सिफारिस समितिको संयुक्त बैठकबाट उमेदवारको टुंगो लगाइने पनि एमाओवादीले बताएको छ ।
RSS, IMAGECHANNEL