सन्धिखर्कमा जम्मा भएका मानिसहरु।
सन्धिखर्क, अर्घाखाँची । १० वर्षमा अर्घाखाँची जिल्लामा जनसंख्या घटेको छ । जिल्लामा १० वर्षमा ५.१६ प्रतिशत अर्थात् १० हजार सात सय ५९ मान्छे घटेका छन् ।
अर्घाखाँचीमा २०५८ सालको जनगणनामा २०५,३९१ थियो भने २०६८ अनुसार १९७,६३२ पुगेको हो। जिल्लाबाट धेरै बसाईसराई गरी तराई तिर र बुटवल काठमाडौ लगायतका ठुला शहरी क्षेत्रमा जिल्ला छाडेर जाने गरेकाले जनसंख्या घटेको स्थानिय अधिकारिहरुको दावी छ ।
सरकारले निर्वाचन आयोगसमक्ष बुझाउने निर्णय गरिसकेको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा १० वर्षको अवधिमा फेरबदल भएका ७५ वटै जिल्ला अन्तर्गत अर्घाखाँचीको जनसंख्या सूचि उल्लेख गरिएको छ ।
जिल्लामा ७० हजार मतदाता घटे
अघिल्लो निर्वाचनमा भन्दा अहिले मतदाता घटेका छन । गाउँ – गाउँमा समेत पुगेर नागरिकता वितरणसंगै मतदाता संकलन गरेपनि ७१ हजार ५ सय ५७ मतदाता घटेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
२०६४ को निर्वाचनमा जिल्लामा १ लाख ८० हजार ६ सय ९४ थिए तर यसपटकको संकलनमा १ लाख १० हजार ३ जनाको मात्र मतदाता नामावलीमा नाम दर्ता भएको जिल्ला निर्वाचन अधिकारी महेश पाण्डेले बताए । जिल्लामा दुई निर्वाचन क्षेत्र छन । पछिल्लो पटकको मतदाता संकलनमा १० हजारको संख्याले महिला बढी छन । जिल्लामा २३ हजार १ सय ४१ जनाले नागरिकता प्राप्त गर्न वाकी रहेको र त्यसमा १९ हजार ३ सय ३ जना १८ वर्ष उमेर पुगेकाले नागरिकता र मतदाता पाएका छैनन, उनले भने, जिल्लाबाट विदेश गएकाको संख्या ३१ हजार २ सय ६८ जना छ, यो २०६९ असार मसान्तसम्मको तथ्यांक हो ।
फाइल तस्बिरमा २०६४ को निर्वाचनमा खाचिकोटको डिहिडाँडा । – अर्घाखाँची डट्कम
जिल्लामा मतदातासंगै जनसंख्या पनि घटेको छ । २०५८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या २ लाख ८ हजार ३ सय ९१ थियो भने २०६८ मा १ लाख ९७ हजार ६ सय ३२ जना रहेको पाण्डेले बताए । नागरिकता र फोटो सहितको मतदाता, बसाईसराई र अघिल्लो निर्वाचनमा फर्जी मतदाता भएकाले घटेका हुन । नागरिकता नभएको मतदाता नै छैन त्यसले घटेको कार्यालयको दावी छ ।
मंसिर ४ गते निर्वाचन हुनेमा अन्योलसंगै राजनीतिमा रुची कम हुदै गएकाले नाम दर्ता गर्नेको संख्या घटेको कार्यालयले जनाएको छ । गाउँमा पुगेको टोलीले सञ्चालन भएका नागरिकता र मतदाता केन्द्रसम्म बुढाबुढी पुग्न नसकेकाले धेरैको छुटेको हुन सक्ने अनुमान छ । पुन संकलन नभए र विदेशमा चुनावका लागि आएका पनि भोटर नभएपछि भोट हाल्न पाउने छैनन ।
Some information for this report was provided by Birendra KC in Arghakhanchi.
जनसंख्या घटेका जिल्लाहरुको तालिका यस्तो छ :
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।