नेपाल मेडिकल काउन्सिलमा डा. एइ अन्सारी निर्वाचित

काठमाडौं  – नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. एइ अन्सारी निर्वाचित भएका छन् । काउन्सिलको २०७०/२०७४ कार्यकालका लागि उपाध्यक्षसहित ८ जना सदस्यहरूको निर्वाचन भएको हो ।

निर्वाचन समितिका डा. कैलाश साहका अनुसार उपाध्यक्ष पदमा डा. अन्सारीले एक हजार ६ सय ३१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. चन्दा कार्कीले एक हजार पाूच सय ५२ मत प्राप्त गरेकी थिइन् ।


यस्तै सदस्यहरूमा डा. अंकुर शाह, डा. रोशन पिया, डा. गणेश गुरुङ, डा. मनोहर प्रधान, डा. सतिशकुमार देव, डा. शिवजी पौडेल, डा. कुलदीप गोइत र डा. विश्वराज दबाडी निर्वाचित भएका छन् । निर्वाचनमा साहले सर्वाधिक एक हजार नौ सय ८४ मत प्रात गरेका हुन् । जम्मा ४२ जनाले उम्मेदवारी दिएको निर्वाचनमा मुलुकभरबाट पाूच हजार नौ सय ८० मत खसेकोमा २४ मत बदर भएको थियो ।

 

एक जना अध्यक्षका लागि ६ जना र ८ जना सदस्यका लागि ४१ जनाले उम्मेदवारी दिएका थिए । काउन्सिलमा २० जनाको कार्यसमिति रहने गरेकोमा अध्यक्ष रजिस्ट्रारसहित सात जनालाई सरकारले मनोनीत गर्छ । यस्तै काउन्सिलमा नेपाल चिकित्सक संघ र नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष पदेन सदस्य हुन्छन् । EKANTIPUR