“मोबाइल”

बाबु रोका मगर “अपरिचित” 
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
मोबाइल बैगुनी आजभोली  यो न भई न हुने  
यो मोबाइल बिना आजभोली कुनै कामै न हुने |
मान्छेहरुलाई पनि के-के चिज को आबश्यक परेको हो 
सांच्चै नै आबश्यक हो या त फेशन नै  गरेको हो |
बाटोमा हिड्दा पनि एक्लै पागल जस्तै हाँसेको छ 
यही मोबाइल बाट नै धेरैले माया प्रिती गाँसेको छ |
कसैको घरबार नै उजाडेको छ
कसैको घरबार बसाइ दिएको छ |
यो मोबाइल बैगुनी हो या मान्छे बैगुनी 
कस्तो जमाना आयो सबैको हातमा यो नभै नहुने|
मोबाइल मा फेरी-फेरी लगाउने दुइ-तिन वटा सिम छ 
जेठि घरमा हुँदा हुँदै कान्छी न ल्याउने कुन चाँही छ |
भर्खर का केटा-केटी त बिग्रने नै भए 
यहाँ त पचास बर्षे अंकल-आन्टी  पनि बिग्री सके |  
सोह्र बर्षे जवानी मा पनि न आएको बैश
पचास बर्षे उमेर मा पनि आउदो रहेछ बैश |
मोबाइल ले त धेरै नै विकृती ल्यायो क्यारे 
जान्ने लाई श्रीखण्ड न जान्नेलाई खुर्पा को बिड भयो क्यारे |