काठमाडौं । काठमाडौंमा जारी वाईसीएल नेपालको प्रथम राष्ट्रिय अधिवेशनले अर्को कार्यकालका लागि फेरि गणेशमान पुनलाई अध्यक्षमा चयन गरेको छ ।
राजधानीमा मंगलबार राति सकिएको अधिवेशनले पुनको संयोजकत्वमा ३ सय ८९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । केन्द्रीय समितिको पहिलो बैठकले बुधबार पदाधिकारी चयन गर्ने केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए ।
वाईसीएलले बहुपदीय प्रणालीमा लैजाँदै युवा-लडाकु संगठनको स्वरुपमा परिवर्तन गरी सामाजिक संगठन बनाएको छ । उसले एमाओवादीको हेटौंडा महाधिवेशनबाट लिइएको उत्पादन कार्यनीतिलाई सहयोग गर्ने नीति लिएको छ ।
ekantipur