चार देशका नवनियुक्त राजदूतहरुद्धारा राष्ट्रपति यादव समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं  । भारतसहित चार देशका नवनियुक्त राजदूतहरुले आज राष्ट्रपति डा. रामवरण यादव समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे, कुवेतका राजदूत सामी मोहम्मद अल सुलेमान, स्वीट्जरल्याण्डका राजदूत उर्स हेरेन र डेनमार्कका राजदूत कस्टेन रुजेनबोल्डले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । 
नवनियुक्त राजदूतहरु मध्ये कुवेती राजदूत सुलेमान भने आवासीय राजदूत होइनन् ।  RSS