प्रेस चौतारी नेपालद्धारा आगामी संविधानसभाका लागि समानुपातिकमा पाँच पत्रकारको नाम सिफारिस

काठमाडौं  – प्रेस चौतारी नेपालले आगामी संविधानसभाका लागि समानुपातिकमा पाँच पत्रकारको नाम सिफारिस गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले चौतारी अध्यक्ष राजेन्द्र अर्यालसहित पूर्व अध्यक्षहरु शम्भू श्रेष्ठ र गगन विष्ट, गोपाल थपलिया तथा कौशल चेम्जोङको नाम सिफारिस गरेको महासचिव माधव नेपालले जानकारी दिए ।
एमालेले भ्रातृ तथा शुभेच्छुक संस्थाबाट समानुपातिकमा पाँच जनाको नाम सिफारिस मागेको थियो ।