नवलपरासी । उद्योगपति विनोद चौधरीलाई संविधानसभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि नवलपरासीका दुई वटा निर्वाचन क्षेत्रबाट नेकपा एमालेले सिफारिस गरेको छ ।
एमाले क्षेत्र नम्बर २ र ३ को क्षेत्रिय समितिले चौधरीको नाम उम्मेद्वारका लागि जिल्ला समितिमा सिफारिस गरेको हो ।
दुई निर्वाचन क्षेत्र चौधरीका लागि खुला गरेपनि उनी भने क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने पक्का भएको छ । RSS