अर्घाखाँचीमा रहेका प्रमुख चार राजनीतिक दलले उम्मेदवारको नाम केन्द्रमा पठाए

– गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची । अर्घाखॉचीमा प्रमुख दलहरुले उम्मेदवार छनोट गरेका छन् । जिल्लामा रहेका प्रमुख चार राजनीतिक दल एकिकृत नेकपा माओवादी, नेपाली काग्रेस, नेकपा एमाले र राजमोले उम्मेदवार तय गरि केन्द्रमा सिफारिस गरेका हुन् । 
एमाओवादीले क्षेत्र नम्वर १ बाट केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि टोपबहादुर रायमाझी, केन्द्रिय सदस्य डिलाराम आचार्य, केन्द्रिय सदस्य कमल खनाल, केन्द्रिय सल्लाकार राजु नेपाली, पुर्व जिल्ला सेक्रटरी ठाकुर कुमार विक, अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय सदस्य छमकुमारी खनाललाई सिफारिस गरिएको केन्द्रिय सदस्य चन्द्र बहादुर खड्काले जानाकारी दिनुभयो । यस्तै क्षेत्र नम्वर २ मा केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का ,केन्द्रिय सदस्य विष्णु हरि शर्मा,जिल्ला संयोजक गोविन्द के सी,राज्य कमिटी सदस्यहरु खुमानन्द घिमिरे,भत्त बहादुर पुन,हिमकला गैरे लाई केन्द्रमा सिफारिस गरिएको खड्काले बताउनुभयो । एमाओवादी श्रोतका अनुसार प्रत्यक्ष तर्फ क्षेत्र नम्वर १ मा टोप बहादुर रायमाझी र क्षेत्र नम्वर २ शर्मा र खड्का मध्ये एक जना उम्मेदवार बन्ने पक्का पक्की भएको स्रोतले जनाएको छ । 
नेपाली काग्रेस अर्घाखॉचीले पनि दुवै क्षेत्रबाट नाम सिफारिस गरेको जिल्ला सभापति कमल प्रसाद भुसालले जानाकारी दिनुभयो । क्षेत्र नं.१ बाट प्रत्यक्षमा लुम्बिनी अञ्चल सदस्य बिष्णु मुस्कान, महासमिति सदस्य डा रामबहादुर बि.सी, केन्द्रिय सदस्य मानबहादुर बिश्वकर्मा र महासमिति सदस्य तथा पूर्व मन्त्री रेबतिप्रसाद भुसालको नाम सिफारिश गरेको थियो । समानुपातीकको लागी पूर्व सभापति पिताम्वर शर्मा, जिल्ला सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मोहमद सफर मिया, द्वन्द्व पिडित पम्फा क्षेत्री, महिला नेतृ मिरा  पाण्डे,महाधिवेशन प्रतिनिधिहरु लक्ष्मी श्रेष्ठ, कल्पना ज्ञवाली, लेखनाथ पोख्रेल, पार्टी सचिव लोकेन्द्र वि.क,चन्द्रमान श्रेष्ठ, नेपाल महिला संघकी उपाध्यक्ष राधा आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय सचिव बिष्णु क्षेत्रीले जानकारी दिनुभयो । 
यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य तथा पुर्व सभासद पुष्पा भुसाल, महासमिति सदस्य हिम्मत टण्डन, जिल्ला सभापति कमलप्रसाद भुसाल,सचिव बासुदेब आचार्य,महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद  अधिकारी, जिल्ला सदस्य छविलाल पौडेल, जयबहादुर टण्डन जिल्ला सदस्य धर्मराज भुसाल रहेका छन् । यस्तै समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधिहरु श्यामनाथ कास्यब, पुर्व केन्द्रिय सदस्य ढुण्डीराज  शास्त्री, पूर्व सभापति खगेन्द्रराज पोख्रेल, जिल्ला सदस्य रामप्रसाद घिमिरे, पृतमबहादुर थापा, अशोक कुमार श्रेष्ठ, महिलाहरु सावित्रादेबी बेल्वासे, सिता पराजुली, प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, कृष्णप्रसाद शर्मा, अहमद हुसेन, कमल विश्वकर्मा, सुसिला खनाल, अमिर हाम्जा, प्रेमनारायण बेल्वासे, इनसु मियाँ, ज्ञानबहादुर वि.क शान्ता भण्डारी, रामबहादुर दर्नाल र रामबहादुर परियारलाई सिफारिस गरिएको क्षेत्रीय सचिव हेमन्त बेल्बासेले बताउनुभयो ।
यस्तै जिल्ला कार्य समितिको बैठकले भने केहि नाम थपेर केन्द्रमा सिफारिश गरेको छ । प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा भोजबहादुर बस्नेत, केशवराज कुवर, बाबुराम पौडेल,गोपाल पौडेलको नाम सिफारिस गरेको जनाएको छ । यस्तै समानुपातिक तर्फ ताराप्रसाद श्रेष्ठ, जिल्ला उपसचिव निर्मला क्षेत्री, जिल्ला उपसभापति हरिहर आचार्य, जिल्ला सदस्य देवराज श्रेष्ठ, रहमत अलि, डा.  मुक्ति श्रेष्ठ, समसेरदिन मियाँको नाम सिफारिश गरिएको जिल्ला सभापति कमलप्रसाद भुसालले जानकारी दिनुभयो । यस्तै क्षेत्र नं. २ समानुपातिकमा डा होमनाथ भट्टराइ र हिरण्यप्रसाद आचार्यको नाम सिफारिश गरिएको सभापति भुसालले बताउनभुयो । 
यसै गरि नेकपा एमाले क्षेत्रिय कमिटीले पनि दुवै क्षेत्रबाट नाम सिफारिस गरेको छ । क्षेत्र नम्वर १ बाट अञ्चल कमिटी सदस्य नरेन्द्र क्षेत्री र क्षेत्र नम्वर २ बाट अञ्चल कमिटी सदस्य तथा पुर्व जिविस सभापति पिताम्वर भुसाल,भर्खर एमालेमा प्रवेश गरेका डाक्टर दुमन थापा र महिला नेतृ ईश्वरा प्रोखेलको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । समानुपातिक तर्फ भने शुक्रवार बस्ने जिल्ला कमिटीको बैठकको निर्णय अनुसार केन्द्रमा पठाउने तयारी भएको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानाकारी दिनुभयो । राजमोबाट केन्द्रिय महासचिव सन्त बहादुर नेपाली, केन्द्रिय सदस्य सागर के सी, केन्द्रिय सदस्य शेर बहादुर विसी, जिल्ला अध्यक्ष झविलाल थापा ,महिला नेतृ सकुन्तला राना, कल्पना प्रोख्रेलको नाम सिफारिस गरेको छ  । जिल्लामा तीन ठुला दल एमाओवादी, काग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने संभावना छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु