वीरगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गतेको निर्वाचनलाई सफल बनाउनु नै अहिलेको मूख्य एजेन्डा भएको बताएका छन् । वीरगञ्जमा आज पत्रकारहरुसँग दाहालले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने उपयुक्त विधि र प्रक्रिया नै संविधानसभा निर्वाचन भएकाले यो ऐतिहासिक अवसरलाई सबैले सदुपयोग गर्नुपर्ने बताए ।
त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले मंसिर ४ गतेका लागि घोषित संविधानसभाको निर्वाचन कसैले रोक्न नसक्ने दावी गरे । वीरगञ्जमै पत्रकारहरुसँग खनालले जनताले अहिले विकास, स्वतन्त्रता र स्वाभीमान चाहेकाले जनताको यो चाहना निर्वाचनले मात्र पूरा गर्न सक्ने बताए ।
निर्वाचनको मिति सार्ने तथा सरकार परिवर्तनबाहेकका बिषयमा नेकपा