“फर्की आउ प्रदेशी”

बाबु रोका मगर”अपरिचित”
असुरकोट-९, जोगिटारी, अर्घाखाँची


फर्की आउ प्रदेशी तिमी ! तिमी बिना यो गाउँघर शुन्य भएको छ
यि झरना,खोला,पाखा-पहराले तिमीलाई नै  खोजी रेहेको छ |
तिमी छिट्टै फर्की आउ………….


तिमी बिना यो धर्ती को उर्जर भुमी र माटो बाँझिएको छ
रानीवन का ति मयुर अनी कोइली चरिले तिमी खोजीरहेको छ |
तिमी छिट्टै फर्की आउ………….


गाउँमा मरदा पर्दा पनि कोही छैन ! यहाँ तिम्रो अभाव छ
तिमी यहाँ नभएको फाईदा उठाउने छिमेकी को दवाब छ |
तिमी छिट्टै फर्की आउ………….


तिमीलाई थाहा नै छ मेला पर्वमा बज्ने बाँसुरी मादल अनी देउसी भैलो
न बस भो अब प्रदेश मा जती भरेपनी भरिदैन कहिल्यै लोभि मनको थैलो | 
तिमी छिट्टै फर्की आउ………….


तिमी यहाँ हुँदा रमाउने ति हरियाली पाखापखेरा पनी उजाड भएका छन
गाउँ मा भएका साने र ठुले पनी थैलो भर्न जान्छु भनी प्रदेश पसेका छन | 
तिमी छिट्टै फर्की आउ………….


छिट्टै फर्की आउ प्रदेशी तिमी जानु परेको छैन अब त्यहाँ
तिमी साँच्चै नै महान छौ भने हिरामोती फलाउन सक्छौ यहाँ |
तिमी छिट्टै फर्की आउ | तिमी छिट्टै फर्की आउ || तिमी छिट्टै फर्की आउ |||