अष्ट्रेलियामा संसदीय निर्वाचनका लागि मतदान

अष्ट्रेलिया । अष्ट्रेलियामा संसदीय निर्वाचनका लागि मतदान भैरहेको छ ।

 

आजको निर्वाचनमा १ करोड ४० लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । निर्वाचनको नतिजाले वर्तमान लेबर सरकारको ६ वर्षे शासनलाई विपक्षी टोनी एवोट्को लिवरल नेशनल गठबन्धनले विस्थापित गर्ने अनुमान गरिएको छ ।

 

मत सर्वेक्षणहरुले वर्तमान प्रधानमन्त्री केभिन रुडलाई प्रतिष्पर्धी एवोट्कोले कडा टक्कर दिएको देखाएका छन् । प्रधानमन्त्री केभिन रुढ तीन महिनाअघि मात्र आफ्नै पार्टीकी जुलिया गेरार्डलाई पार्टी नेतृत्वबाट हटाएर फेरि प्रधानमन्त्री बनेका हुन् । अष्ट्रेलियामा बजेट घाटा दलहरुबीच विवादको विषय बनेको छ ।

 

तर डुंगाबाट आप्रवासीको रुपमा अष्ट्रेलिया आउने क्रम रोक्ने सम्बन्धमा कडा कारवाही गर्न भने सहमति कायम छ ।

 

AGENCIES