बाढी पहिरो गएको महिनौ दिन पछी एकीकृत माओवादीका पुष्पकमल दाहालले कञ्चनपुरको प्रभावित क्षेत्र निरीक्षण, अबको चुनावबाट मुलुक संघीयतामा जाने दाबी

कञ्चनपुर । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहालले अघिल्लो संविधानसभामा आफूहरुको दुई तिहाई बहुमत नआएका कारण मुलुक संघीयतामा जान नसकेको बताएका छन् ।

 

बाढी पहिरो गएको महिनौ दिन पछी  आज कञ्चनपुरको भुजेला र पिपरीयामा बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अबको चुनावबाट एकीकृत माओवादी र संघीयता पक्षधरहरुको बहुमत आउने र मुलुक संघीयतामा जाने दाबी पनि गरे ।

 

दाहालले संविधानसभा चुनावमा भाग लिन सबै दललाई आग्रह समेत गरे ।

 

RSS, IMAGECHANNEL