काठमाडौ – मानब बेचबिखन बिरुद्धको सातौ राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रम माझ चेलिबेटिबेचबिखन बिरुद्ध बिगत बीस बर्षदेखि संघर्षरत संस्था शान्ति पुनस्र्थापना गृहले अथक प्रयास नामक बुलेटिन बिमोचित गरेको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा समाज कल्याण मन्त्रालयका भूतपुर्व सचिब प्रमुख अतिथि श्री उर्मिला श्रेष्ठले मानब बेचबिखन बिरुद्ध शान्ति पुनस्र्थापना गृहको अथक प्रयास बिमोचन गर्दै शान्ति पुनस्र्थापना गृहले गरेका अथक प्रयासको सराहाना गरिन् ।
कार्यक्रममा सभापतित्व गर्नु भएकी संस्थाकी अध्यक्ष शान्ता सापकोटाले पछिल्लो समय मानब बेचबिखनमा परिबर्तन आएको र हाल दलालहरुले नया तौर तरिका अपनाउन थालेकोले चुनौति थपिएको धारण ब्यक्त गरिन् ।
संस्थाका सचिब ईन्द्रराज भट्टराईले हालसम्म गरेका गतिबिधिहरुको सार्वजानिक गर्नुभएको थियो । गत आ.ब २०६९/७० मा १५८ जना महिला तथा किशोरीलाई उद्धार गरिएको जानकारी पनि दिए । – कान्तिपुर