काठमाडौं । आज सेप्टेम्बर ८ अन्तर्राष्ट्रिय साक्षरता दिवस । यस वर्ष नेपालमा बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता भन्ने सन्देशसहित राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदैछ । यस अवसरमा राष्ट्रपति डा. रामवरण यादवबाट विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई विद्याभूषण प्रदान गर्ने कार्यक्रम छ ।
शिक्षा मन्त्रालयले भने उत्कृष्ट विद्यालय र शिक्षसेवीहरुलाई पुरस्कृत गर्दैछ । यस्तै, शिक्षासँग सम्बन्धित अरु कार्यक्रम पनि गरिँदैछ । नेपालमा विसं २०२८ सालमा पहिलोपटक शिक्षा दिवस मनाइएको थियो भने हरेक वर्ष ८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै आएको छ ।