छोराको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका अधिकारी दम्पत्तीले ४७ दिनपछि अनसन तोडेका छन ।
उता चितवन प्रहरीले कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई आज जिल्ला अदालत चितवनमा पेश गरेको छ । रामप्रसादलाई अदालतबाट म्याद थप गरी घटना अनुसन्धान अघि बढाईने चितवन प्रहरीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।
घटनामा फरार रहेका अरु आरोपीको पनि खोजी तीव्र पारिएको कार्कीको भनाइ थियो । अरु आरोपी जिल्ला छाडेर अन्यत्र बसेकाले पक्राउका लागि केही ढिलाई भएको कार्कीले जानकारी दिए । अरु जिल्लामा समेत अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । कृष्णप्रसादको हत्या २०६१ साल जेठ २४ गते गरिएको थियो ।
RSS