काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा राजश्व अनुसन्धान विभागले छापा मारेको सम्बन्धमा तत्काल कारवाही अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
गत शुक्रवार पुतलीसडकस्थित थापाको फर्म लिगल एडभाइजर्स फोरममा राजश्व अनुसन्धान विभागले छापा मारेकोमा थापाले आज सर्वोच्चमा रीट दायर गरेका थिए ।
न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले विभागको नाममा तत्काल कुनै कारवाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राजश्व अनुसन्धान विभागलाई विपक्ष बनाईएको छ ।
राजश्वले थापालाई आगामी मंगलबार विभागमा हाजिर हुन बोलाएकोमा थापाले त्यसअघि नै रिट दायर गरी अन्तरिम आदेश जारी गराएका छन् ।
RSS